कोरोना विशेष

देशभर १ हजार ३० संक्रमित थपिए, १० जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८७४ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८१२ र एन्टिजेन विधिबाट २१८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार १७४ पुगेको छ । त्यस्तै आज थप एक हजार जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ७० हजार २२४ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित १६ हजार ६०६ रहेका छन् ।