राजनीति

निधि निवासमा सभापतिका तीन दाबेदार नेताहरुबीच भेटवार्ता


काठमाडौँ – नेपाली कांग्रेसको आसन्न चौधौँ महाधिवेशनमा सभापतिका तीन दाबेदार नेताहरुबीच सोमबार भेटवार्ता भएको छ । कांग्रेस सभापतिमा दाबी गरिरहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच निधि निवासमा भेटवार्ता भएको हो ।

उनीहरु तीनैजनाले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने तयारीमा छन् । यसअघि पनि उनीहरुले महाधिवेशनमै केन्द्रित भएर पटक पटक छलफल गरिरहेका छन् ।