राजनीति

एमालेभित्र फरक मत नरहेकाले पार्टी एकताबद्ध र मजबुत रहेको पुष्टि हुन्छ : उपमहासिचव पौडेल


काठमाडौँ – एमाले उपमहासचिव विष्णु पौडेलले एमाले पार्टीभित्र फरक मत नरहेकाले पार्टी एकताबद्ध र मजबुत रहेको दाबी गर्नुभएको छ । विधान महाधिवेशनका सन्दर्भमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कसैबाट फरक मत नआएकाले पार्टी विचार, संगठनलगायत सबै हिसाबले एकताबद्ध र मजबुत रहेको बताउनुभयो ।

संगठन विभाग प्रमुखसमेत रहनुभएका पौडेलले कसैले औपचारिक रुपमै फरक मत नराखिएको अवस्थामा पार्टीको निर्णयसँग सहमत भएको बुझिनेसमेत बताउनुभयो ।