काठमाडौँ – भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको लाखिम्पुर खेरी जिल्लामा किसानले आन्दोलन गरेका थिए । हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
कृषि कानूनको खारेजीको माग गर्दैै भारतीय किसानहरु गतसातादेखि पुनः आन्दोलनमा उत्रिएका छन् । किसानको मागलाई कांग्रेसले समर्थन गरेको छ ।
प्रतिक्रिया