राजनीति

अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा केही सुधार आएसँगै आज बिहान अस्पतालबाट डिस्चार्ज भएको छन् ।

अध्यक्ष नेपाल स्वस्थ्य लाभ लिइ घर फर्केको कुरा उनका नीजि सचिवालयले जनाएको हो । उनको गत बुधबार असोज १३ देखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तर उनको कोरोना रिपोर्ट भने नेगेटिभ देखिएको थियो । उनको रगतमा सोडियमको मात्रा कम देखिएको थियो ।
अध्यक्ष नेपाल मकवानरको हेटौंडामा पार्टी कार्यक्रममा सहभागी भएर फर्किएपछि बिरामी परेका थिए । नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा।सन्तकुमार दाससहितको टोली संलग्न छन् । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपालसँगको भेटघाट पनि बन्द गरिएको थियो ।