राजनीति

स्थानीय तहको वस्तुस्थितिको समीक्षा गर्न जनप्रतिनिधिको भेला, अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौँ – नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला बोलाएको छ । विधान महाधिवेशन सम्पन्न गरेको एमालेले स्थानीय तहको बस्तुस्थिति बुझ्न जनप्रतिनिधिको भेला राखेको हो ।

स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदै छ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने बताइएको छ । पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् । भेलालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने तय गरिएको छ ।

विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुने छन् ।