राजनीति

एमालेको दसौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने, अध्यक्षमा ओली नै दोहोरिने


काठमाडौँ – एमालेको दसौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । तीनदिने विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी ओलीले राष्ट्रिय महाधिवेशन हुने ठाउँ घोषणा गर्नुभएको हो । तर, मिति भने तय हुन बाँकी रहेको एमाले नेताहरूले बताएका छन् ।

विधान महाधिवेशनले अध्यक्ष केपी ओलीलाई एमालेमा थप शक्तिशाली बनाएको छ । ओलीलाई नेतृत्वमा दोहोरिन बाधा नपर्ने गरी विधानमा ७० वर्षे उमेर हदको थप व्याख्या गरिएको छ । परिमार्जित विधानअनुसार १५ पदाधिकारीसहितको केन्द्रीय नेतृत्व आगामी महाधिवेशनबाट छानिने छन् । एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने निर्णय गरेको छ ।