काठमाडौँ – माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल राति पौने १० बजे सुरु हुने छ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । तर, बलियो टोली श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज नरहेको नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी बताउँछन् । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
खेलकुद
प्रतिक्रिया