राजनीति

कांग्रेस काठमाडौँ महानगर निर्वाचन, निलकाजीको प्यानल बिजयी


काठमाडौँ – नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम बिजयी भएको छ ।

आइतबार भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्य सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका प्रगतिमान रन्जितले आधा भन्दा कम मत प्राप्त गरेका छन् ।

त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन् । काठमाडौँ महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको हो । रञ्जित संस्थापन समूहका उम्मेदवार हुन् भने शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन छ ।