राजनीति

एमालेमा ७० वर्षे उमेर हद : दोस्रो पुस्ताका नेताको भविष्य सकियो, ओली फेरि अध्यक्ष बनेर तेस्रो तहमा नेतृत्व (भिडियोसहित)


काठमाडौँ – पहिलोपटक अभ्यास गरिएको विधान महाधिवेशनमार्फत नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सुरक्षित बनाउँदै संसोधनसहितको नयाँ विधान व्यवस्था गरेको छ । संसोधित विधान अनुसार अध्यक्ष ओलीले एक कार्यकाल सुरक्षित रुपमा पुरा गर्न पाउने भएका छन् ।

बहुचर्चित ७० बर्षे उमेर हदकाविषयमानेकपा एमालेका उपमहासचिव तथा संगठन विभाग प्रमुखसमेत रहेकाविष्णु पौडेलले आइतबार अलि ढीला गरि जवाफ दिए, तर अध्यक्ष केपी शर्मा ओली सुरक्षित हुने गरि दिए । अध्यक्षमा मात्र शक्ति केन्द्रीत गर्न नहुने, पदाधिकारीको संख्या बढाउनुपर्ने र ७० बर्षे उमेर हद कायम गर्नुपर्ने सुझाव समुहगत छलफलमा आएका बेला अध्यक्ष ओली नै सुरक्षित हुने गरि संसोधनसहितको विधान व्यवस्था गरिएको छ ।

पहिलोपटक अभ्यास गरिएको विधान महाधिवेशनको व्यवस्था अनुसार ७० बर्षे उमेरहद कायम गरिएको छ । तर ७० वर्ष पुरा नहुँदै उम्मेदवार भएर निर्वाचित व्यक्तिले पूरा कार्यकाल काम गर्न पाउनेछ । यसले आगामी फागुनमा ७० पुग्न थालेको अध्यक्ष ओलीलाई मंसिरमा हुने दशौं महाधिवेशनबाट पुनः नेतृत्वमा आउने बाटो खुलेको छ । तर अध्यक्ष ओली सुरक्षित बनेका बेला दशौं महाधिवेशनपछि दोस्रो तहका नेताहरु भने संकटमा पर्नेछन् । विधानको व्यवस्था बमोजिम उमेर हद र उहीँ व्यक्ति उहीँ पदमा मात्र दुई कार्यकाल रहने भएपछि ओलीपछि नेतृत्वमा आउने आकंक्षा देखाएका ६८ बर्षीय ईश्वर पोखरेल, ६७ बर्षीय सुवासचन्द्र नेम्बाङ, उतिनै उमेरका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली विदाई हुनेछन् ।

उस्तै बहुचर्चित पात्र ६५ बर्षीय भीम रावल र उतिनै उमेर समुहका सुरेन्द्र पाण्डे र रघुजी पन्तपनि दशौं महाधिवेशनपछि नेतृत्वमा आउन उमेर आकर्षित हुनेछ । नेतृत्वमा आउनसक्ने दोस्रो तहका नेताहरु रिटायर्ड भएपछि तेस्रो पुस्ताहरु दशौं महाधिवेशनपछि नेतृत्वमा हाबी हुनेछन् ।जसमा विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भूसाल,योगेश भट्टराई र प्रदीप ज्ञवाली लगायतका नेता हाबी हुने देखिन्छ ।

२०७५ जेठ ३ मा एमाले र माओवादी एकता हुँदा ७० बर्षे उमेरहद ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलेर हटाइदिएका थिए । गत बर्षको फागुन २३ मा एमाले ब्यूँतिएपछि ओलीले एकलौटी रुपमा विधान संशोधन गर्दै फागुन २८मा पुनः उमेर हद हटाए । यद्यपी दशौं महाधिवेशनमा पुनः ओलीले आफुलाई सुविधा हुनेगरि उमेर हद कायम गरेका छन् ।

तीनदिनसम्म चलेको विधान महाधिवेशनले पदाधिकारी र संरचनामा समेत हेरफेर गरेको छ । अबको पार्टी संरचना २२५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी हुनेछ । पार्टीको मुल संरचना भने १५ सदस्यीय सचिवालय हुनेछ । समुहगत छलफलका क्रममा पदाधिकारी बढाउनु पर्ने सुझाव आएको थियो । तर पदाधिकारी चुस्त राख्नुपर्ने भन्दै अध्यक्ष एक, वरिष्ठसहित पाँच उपाध्यक्ष, महासचिव १ र उपमहासचिव १ रहेन व्यवस्था गरिएको विधानमा ७ सचिव निर्वाचित हुनेछन् ।