राजनीति

कांग्रेस अधिवेशन : गुटगत राजनीतिका कारण कार्यकर्ता असन्तृष्टि (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको छ । १५ वर्षपछि भएको अधिवेशनमासभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित चुनावी मैदानमा उत्रिएका छन् । तर, मतादाताहरु भने गुटगत राजनीतिकोकारण असन्तुष्ट देखिएका छन् ।

नेपाली कांग्रेसले काठमाडौं महानगरपालीको नयाँ नेतृत्व दिनको लागि आइतबार निर्वाचन ग¥यो । जसमा सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित प्रतिस्पर्धा होमिए । शाक्य प्रकाशमान सिहं र गगन थापा समुहको उमेदवार हुन भने रञ्जित कांगेस सभापति शेरबहादुर देउवा र भिमसेन दास प्रधान समुहबाट उमेरद्धार भएका थिए । कांग्रेसका १४ औ महाधिवेशनका लागि भइरहेको निर्वाचनमा संस्थापन पक्ष र संंस्थानपन इतर पक्षबीच गुटबन्दीको चरम नमुना यहाँ देखिएको छ । उम्मेदवार नेता शाक्य पनि आफूले काठमाडौंमा छरिएको कांग्रेसलाई एकीकृत गरेर गुमेको शाख फर्काउने लक्ष्य राखेको बताउँछन् ।

काठमाडौं महानगरमा मात्रै होइन देशभर नै कांग्रेसको अधिबेशन भइरहेको छ । अधिकांश जिल्लामा कांग्रेस गुटगत रुपमा विभाजित बनेको छ । यता क्षेत्रीय प्रतिनिधिहरु पार्टीभित्रै नेता कार्यकर्ता गुटगत रुपमा विभाजित हुँदा त्यसले चुनावमा क्षति गर्ने बताउछन् ।

नेपाली कांग्रेसभित्रका नेताहरुले नै गुटको अन्त्य हुनु पर्ने बताईरहे पनि यसको लागु गर्न नसकेको मतदाताहरुको भनाई छ । अधिवेशनमा नै उमेरदवारका परिवार नै कार्यकर्ताको घर घरमा गएर गुटबन्दीको कुरा गर्दै हिड्दा नराम्रो सन्देश जाने उनीहरु बताउछन् । गुटगत राजनीति अन्त्य हुनुपर्ने र नयाँ पुस्तालाई पद हस्तान्तरण गरेर पार्टीको हितको काम गर्नुपर्ने उनीहरु भनाई छ ।

नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीमा गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर,कांग्रेसमा गुट–उपगुटको श्रृङ्खला झनै झांगिएको छ। त्यसको असर यति बेला वडा तहसम्म देखिएको छ ।