राजनीति

कांग्रेस काठमाडौँ महानगर निर्वाचन : ३ सय मत गन्दा शाक्य २१४, रञ्जितको ७७


काठमाडौँ – नेपाली कांग्रेसको काठमाडौँ महानगर कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म ३०० मत गणना हुँदा महानगर सभापतिका उम्मेदवार नीलकाजी शाक्यले २ सय १४ मत पाएका छन् । अर्का प्रत्यासी प्रगतिमान रञ्जितले ७७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

रञ्जित संस्थापन समूहका उम्मेदवार हुन् भने शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन छ । काठमाडौँ महानगरको मतगणना राष्ट्रियसभा गृहमा भइरहेको छ ।