राजनीति

एमालेले नयाँ लोगो र एप सार्वजनिक गर्‍यो


काठमाडौँ – नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभएको हो । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

त्यस्तै एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले नयाँ सदस्यता एपमार्फत लिन सकिने र पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिने बताउनुभयो ।