राजनीति

कांग्रेसको काठमाडौँ महानगर समितिको मतगणना शुरु, मतपरिणाम आउन समय लाग्ने


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रर्दशनिमार्गस्थित सभागृहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो ।

शनिबार उद्घाटन गरिएको अधिवेनशमा नेतृत्व चयनका लागि शनिबार ४ बजे नै मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन कार्यतालिका रहेपनि मतदाता नामावली विवादका कारण मतदान हुन सकेको थिएन । मतदान सम्पन्न भएसँगै मतपरिणाम गन्ने काम सुरु भएको छ ।

आजै हिमाली जिल्लाहरुमा काँग्रेसको नगर अधिवेशन भैरहेका छन् ।