राजनीति

एमालेको विधान महाधिवेशनबाट तीन वटै प्रस्ताव सर्वसम्मत पारित


काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशनबाट तीन वटै प्रस्ताव सर्वसम्मत पारित भएका छन् । ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।

महाधिवेशन समापनको क्रममा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्व स्थापित नहोस् र झगडा होस् भन्ने सोचेर विपक्षीले नेतृत्वकोे देवत्वकरण गरेको हल्ला चलाएको बताउनुभयो । ओलीले एमालेमा कसैको देवत्वकरण नभएको भन्दै नेतृत्वको वरिपरि सबै गोलबन्द भएको बताउनुभयो ।

गत शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गर्नु भएको सो महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका थिए ।