राजनीति

केपी आलीले भने – म बाँचेकैमा चिन्तित छन् त म के गरु ?’


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू आफू बाँचेकैमा चिन्तित रहेको बताउनुभएको छ । शुक्रबार ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको प्रथम विधान महाधिवेशनमा प्रेषित राजनीतिक प्रतिवेदनमाथि समूहगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले यस्तो बताउनुभएको हो ।

‘कोही म बाँचेकैमा चिन्तित छन्,’ ओलीले भन्नुभयो, ‘बिरामी भयो अब त हुन्छ कि भन्छन् फेरि बाँच्छु, फेरि थप चिन्तित हुन्छन् । अब म बाँचेकैमा चिन्तित छन् त, म के गरुँ ?’ त्यस्तै ओलीले आफूलाई जनता र कार्यकर्ताहरूले गरेको माया देखेरे पनि विपक्षीहरू रिसाउने गरेको पनि बताउनुभयो । यस्तै ओलीले आफूमाथिको जनताको विश्वासलाई रतिभर डग्मगाउन नदिने संकल्प गर्नुभयो ।