राजनीति

अध्यक्ष ओलीले भने – जितेर आएका हौं, फेरिपनि एमालेले जित्नेछ


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरिपनि एमालेले जितेर आउने दाबी गर्नुभएको. छ । विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले भन्नुभयो, ‘सुशासन विकास, आधुनिकता, सुविधायुक्त शासन, सुविधायुक्त समृद्धि आजकाल तत्कालिन विषय बनेको छ । हामी देशलाई अब हामी जित्नेछौँ एकदिन भनेर सुदूर भविष्यको परिकल्पनामात्र गरेका होइनौं ।’

भविष्यमा एकदिन मात्र होइन सधैं जित्ने बताउँदै उहाँले भन्नुभयो, ‘हामी जित्दैछौँ, जितेर आएका छौं, फेरीपनि जित्नेछौँ । भविष्यमा एकदिन जित्ने होइन, जितेर जानेछौँ अब । हाम्रो पार्टीका हैसियत हो यो र हाम्रो पार्टीको कर्तव्य पनि यही हो ।’ त्यस्तै अध्यक्ष ओलीले पार्टीलाई बहुमत दिलाएर मात्र नेतृत्व छाड्ने बताउनुभएको छ ।