राजनीति

देउवाको गृहजिल्लामा कांग्रेस दुई पक्षबीच झडप


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप भएको छ ।

आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो । झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन् ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी। डा। शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो । भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले कालो झण्डा देखाउन खोज्दा झडप भएको हो ।

झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र देउवाबीच बेलाबेलामा झडप हुने गरेको छ ।