राजनीति

विधान महाधिवेशन समूहगत छलफलको निष्कर्ष; प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जोड


काठमाडौँ – गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको आज तेस्रो दिन महाधिवेशनका प्रतिनिधिहरुले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रदेश २ समूहबाट सुझाव पेश गर्दै ज्वाला साहले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा जोड दिएकी छन् । जनवर्गीय संगठनहरुको समूहबाट सुझाव पेश गरेकी सुनिता बरालले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधनमन्त्रीको संवैधानिक व्यवस्था हुनुपर्ने बताएकी छन् ।

अबको केहीबेरमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिनेछन् । पाँचवटा समूहले समूहगत छलफलको निष्कर्ष पेश गरेका हुन् ।