राजनीति

पूर्व लोसपा नेता लेखी एमालेमा प्रवेश


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्व केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । गोदावरीमा जारी एमालेको विधान महाधिवेशअन्तर्गत आइतबारलाई तोकिएको पार्टी प्रवेश कार्यक्रमबाट लेखी एमालेमा जान लागेका हुन् ।

बिहीबार बिहान अध्यक्ष महन्थ ठाकुरसमक्ष लेखीले राजीना दिएका थिए । उनले पत्रमा नयाँ राजनीतिक यात्राको थालनी गर्ने उल्लेख गर्दै पार्टीका सबै जिम्मेबारीबाट राजीनामा दिएका थिए ।

लेखीले आफ्नो राजनीतिक यात्रा एमालेबाट नै सुरु गरेका थिए । उनले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । त्यसपछि उनी विभिन्न मधेसवादीबाट दलमा सक्रिय थिए । उनी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पनि हुन् ।