राजनीति

माओवादीको स्थायी कमिटीमा सरकार विस्तारबारे छलफल हुने


काठमाडौँ – सत्तारुढ दल माओवादी केन्द्रले सरकार विस्तारबारे छलफल गर्ने भएको छ । स्थायी कमिटी बैठकमा सरकार विस्तारबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद्लाई पूर्ण दिन सक्नुभएको छैन् । विभिन्न विचारधाराका दलको गठबन्धन भएकाले समस्या भइरहेको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

सत्तारुढ दलहरूले मन्त्रालय भागबन्डामा समेत सहमति जुटाउन सकेका छैनन् । यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।