काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक–एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काएका थिए । ७७औं मिनेटमा जेम्सले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सी ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
त्यस्तै उपाधि दावेदार मानिएको म्यानचेस्टर युनाईटेडलाई भने धक्का लागेको छ । युनाईटेडले एभरटनसँग एक–एकको बराबरी खेल्दा उसलाई उपाधि होडमा धक्का लागेको हो ।
खेलकुद
प्रतिक्रिया