राजनीति

एमालेको विधान महाधिवेशन आज सकिँदै


काठमाडौँ – शुक्रबारबाट जारी रहेको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा आज सकिँदै छ । राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा उठेका सुझाव समूह नेताले राखेपछि उपमहासचिव विष्णु पौडेल, महासचिव ईश्वर पोखरेल र अध्यक्ष केपी ओलीले जवाफ दिने तय गरिएको छ ।

पाँच समूह नेताले सुझाव पेश गर्न बाँकी रहेको छ । छलफलमा व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । विभिन्न प्रस्ताव सुझावसहित पारित गर्ने एमालेको तयारी छ ।