देश

१० स्थानीय तहमा आजबाट अधिवेशन सुरु


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लाका १० स्थानीय तहमा आजबाट अधिवेशन सुरु भएको छ । एक महानगरपालिकासहित ११ स्थानीय तह रहेको संघीय राजधानी काठमाडौंमा १० पालिकाकम अधिवेशन शुरु भएको हो ।

जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार दक्षिणकाली नगरपालिकाको भने अधिवेशन रोकिएको छ । यसैबीच बूढानीलकण्ठ नगरपालिकामा मतदान सम्पन्न भएको छ । २९३ मतदाताध्ये मतदानमा ४ जना अनुपस्थित रहेको क्षेत्र नम्बर ५ का सभापति राजु श्रेष्ठले जानकारी दिनुभयो ।

यता तारकेश्वर नगरपालिकामा पनि मतदान सम्पन्न भएको बताइएको छ । मतपरिणाम आउन केहीदिन समय लाग्ने निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।