राजनीति

सरकारले अझै पूर्णता नपाएकोमा निधिको असन्तुष्टि


काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाव दिनु भयो ।

गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख समेत व्यक्त गर्नु भयो । उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गर्नु भयो ।