काठमाडौँ – विराटनगर चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल अगाबै बाहिरिएको हो ।
टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । यसैविच आजै हुने भनिएको भैरहवा र काठमाडौं बीचको खेल स्थगित भएको छ । टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र काठमाडौंबीचको खेल स्थगित गरिएको हो ।
खेलकुद
प्रतिक्रिया