देश

धार्मिकस्थल लुम्बिनीमा चहलपहल सुरु


काठमाडाैँ – कोरोना संक्रमणको जोखिमसँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरु भएको हो ।

साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विस्वास गर्नुभयो ।

लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम गरिरहेको छ ।