काठमाडौँ – अन्तरिम परीक्षणमा रहेको एक औषधिले गम्भीर अवस्थाको कोभिड–१९ को संक्रमण भएमा अस्पताल भर्ना वा सम्भावित मृत्यु आधाले कम गर्ने देखिएको छ । मोल्नापिराविर नामक ट्याब्लेट दिनको दुईपटक बिरामीलाई दिइएको थियो ।
अमेरिकी औषधि उत्पादक मर्कले नतिजा निकै सकारात्मक आएको बताएको छ । मर्कले अबको दुई हप्ताभित्रै अमेरिकामा सो औषधि आकस्मिक प्रयोगको स्वीकृतिका लागि निवेदन दिने बताएको छ । अमेरिकी राष्ट्रपति बाइडेन प्रमुख स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले मोल्नापिराविरको परीक्षण नतिजा निकै राम्रो खबर रहेको बताए । तर, फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले परीक्षणको नतिजा पुनर्मूल्यांकन नगर्दासम्म सावधानी अपनाउन उनले आग्रह गरेका छन् । नियामक निकायहरुले यो औषधिलाई स्वीकृति प्रदान गरेमा कोभिड–१९ को उपचारका लागि प्रयोगमा आउने पहिलो खाने औषधि बन्ने छ ।
कोरोना विशेष
प्रतिक्रिया