राजनीति

पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी प्रकाशमान सिंह


काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताउनु भएको छ । काँग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर काँग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भयो ।

शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उहाँले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अव पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गर्नु भयो । नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढन पनि काँग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । नेता थापाले नेपाली जनताले भरोसायोग्य काँग्रेसको नेतृत्व चाहिरहेको दावी समेत गर्नु भयो ।