राजनीति

कांग्रेस एक्लै चुनाव लड्छ, सबै कम्युनिस्ट मिलेर आए पनि बहुमत ल्याउँछौं : गगन थापा


काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य थापाले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने बताए ।

‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ’, थापाले भने ।

स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै नेता थापाले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने बताए ।