समाचार

भारतीय ट्रकको ठक्करबाट एक युवकको मृत्यु


काठमाडौँ – रौतहटको चन्द्रनिगहापुरमा भारतीय ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम् राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकाको चाँदेपुलमा गएराति युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बरको ट्रकले ना ३५ प १८९३ नम्वर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

राति करिब १० बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।