राजनीति

मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले आन्दोलन गर्दै


काठमाडौँ – प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ । 

जसपाको प्रदेश २ मधेस कमिटीले विज्ञप्ति जारी गरी आजदेखि आन्दोलन थाल्ने जानकारी दिएको हो । 

आज शनिबार साँझ प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा अख्तियारविरुद्ध मसाल जुलुस र भोलि आइतबार सदरमुकामहरूमा विराेध प्रदर्शन गरिने प्रदेश कमिटीले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।