राजनीति

एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव


काठमाडौँ – आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ ।

ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको दस्तावेजमा उपमहासचिव नरहने प्रस्ताव रहेको छ ।

केन्द्रीय कमिटीमा पेस भएको विधान संशोधन प्रस्तावमा २ जना उपमहासचिव राख्ने व्यवस्था गरिएको थियो । नयाँ व्यवस्थाअनुसार एमालेमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव ६ जना हुने उल्लेख छ ।

एमालेको नवौँ महाधिवेशनबाट उपमहासचिवमा विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए ।