Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल


काठमाडौँ – नेकपा एमाले प्रदेश २ संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले सर्वसहमतिले दलको नेतामा मण्डल चयन भएका हुन् ।

मण्डल यसअघि पनि एमाले संसदीय दलको नेता थिए । पछि माधव नेपाल समूहका शत्रुधन महतो एमाले संसदीय दल भएका थिए । त्यसपछि माधव नेपाल समूहले एकीकृत समाजवादी पार्टी खोलेपछि एमाले दलको नेतामा मण्डलले नै निरन्तरता पाएका हुन् । यस्तै बैठकले प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ लाई चयन गरेको छ ।

यहाँ नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ जना नेकपा एकीकृत समाजवादीमा गएका छन् । अहिले प्रदेश २ प्रदेशसभामा नेकपा एमालेका ८ सांसद छन् ।