राजनीति

एमाले विधान महाधिवेशन : ६ हजार नेता कार्यकर्ता सहभागी हुँदै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन शुक्रबारबाट शुरु हुँदैछ । देशभरबाट करिव ६ हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् ।

नेकपा एमाले विधान महाधिवेशन शुक्रबारबाट शुरु हुँदैछ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

महाधिवेशनमा सम्पूर्ण तयारी पूरा भएको पार्टीले जानकारी दिएको छ । मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रवार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए । उनले उद्घाटनपछि तीनवटा प्रश्ताव पेस गर्ने र दोस्रो दिन समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए । विधान महाधिवेशनमा देशभरबाट बरिव ६ हजार प्रतिनिधि सहभागी बन्ने उनले बताए ।

महाधिवेशन स्थल ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रको मूल सभाहलमा ३ हजार प्रतिनिधिहरु रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १÷१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले विधान महाधिवेशनले जबजलाई थप परिमार्जन गर्ने बताउछन् । उनले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै देश र समाजको दीर्घकालीन परिवर्तन गर्न जबजलाई अघि लिएर जानुपर्ने बताए ।

थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए । उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए । स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताए ।