राजनीति

प्रचण्डले भने – आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने मोडमा पुगेको बताएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको प्रसंग सुनाउँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताए ।