राजनीति

जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक छ : बादल


काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । विहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताउनुभएको हो ।

उहाँले महाधिवेशनले सिद्धान्तको निर्माण गर्दै देश र समाजको भविष्यका सुधार गर्ने बताउनुभयो । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै बादलले उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउनुभयो ।

थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताउनुभयो ।