राजनीति

एकीकृत समाजवादी पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तै हो : खगराज अधिकारी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको बताउनुभएको छ । विहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चरकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले एकीकृत समाजवादी अवैधानिक पार्टी भएको बताउँदै कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताउनुभएको हो ।

उहाँले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताउनुभयो । उहाँले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताउनुभयो । सांसद अधिकारीले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा एमाले सहभागी हुने कल्पना गर्न नसकिने बताउनुभयो ।