राजनीति

राष्ट्रिय सभाको बैठक सर्याे, १८ गतेका लागि मिति तय


काठमाडौँ – असोज १७ गते आइतबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक एकदिन पर सारेर १८ गतेका लागि बोलाइएको छ । संसद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै बैठक १८ गतेका लागि बोलाइएको जानकारी दिएको हो ।

अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’ संघीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।