राजनीति

आजभोलिमा नै मन्त्रालयको टुंगो लाग्छ : प्रचण्ड


काठमाडौँ – सत्तरुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको झण्डै तीन महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

बिहीबार काठमाडौँमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आजभोलि नै सत्तारूढ गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिने बताएका छन् । उनले भने “हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदै छ,” ।