राजनीति

लेखीले दिए राजीनामा, लोसपा छोडी एमालेमा जाने तयारी


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यकारिणी सदस्य रहेका उनले पार्टीका सबै जिम्मेबारीबाट राजीनामा दिएका हुन् ।

बिहीबार बिहान अध्यक्ष महन्थ ठाकुरलाई काटेको राजीनामा पत्रमा नयाँ राजनीतिक यात्राको थालनी गर्ने उल्लेख गरेका छन् ।
लोसपा परित्याग गरेका लेखी एमाले प्रवेश गर्ने तयारीमा रहेका पनि खुल्न आएको छ । नेकपा एमालेको आउदो विधान अधिवेशन उद्घाटन सत्रमा लेखीसहितका समूह एमालेमा प्रवेश गर्ने तयारी भएको हो ।