राजनीति

महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता


काठमाडौँ – अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्किएका छन्। असोज ६ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका मन्त्री खड्का बिहीबार बिहान नेपाल फर्केका हुन् ।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड–१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताए।

महासभाको साइडलाइनमा भारत, बंगलादेश, कुवेतलगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उनले जनाए।