राजनीति

सर्वदलीय बैठक : एमाले वार्ताबाट भाग्न खोज्यो


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ । देउवाले सर्वदलीय बैठक बोलाए पनि प्रमुख प्रतिप्रक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने उक्त बैठकमा अनुपस्थित रहेका छन् ।

एमालेको यस्तो कार्यको बैठकमा सहभागी दलहरुले भने एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको आरोप लागएका छन् । उनीहरुले संसद्लाई निर्वाध रुपमा अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रहसमेत गरेका छन् ।

एमालेले निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आइरहेको छ । सर्वदलीय बैठकपछि आज नै प्रतिनिधिसभाको बैठक पनि बस्दै छ । एमालेले आज पनि संसद् अवरुद्ध गर्ने तयारी गरेको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत सहभागी छन् ।