राजनीति

एमाले सर्वदलीय बैठकमा नजाने


काडमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको विरोधमा बैठकमा सहभागी नहुने एमाले नेताहरूले बताएका छन् ।

संसदमा जारी अवरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । रोल…
संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको बालुवाटारले जनाएको छ ।

एमालेले संघीय संसद्को दुबै सदनको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ । एमालेले सभामुखको भूमिकाको विषयमा प्रश्न उठाएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।