राजनीति

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


काडमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रालयगत एजेन्डा र केही समसामयिक विषयमा छलफल हुने भएको छ । यो बैठक नियमित नै रहेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

यसअघि बिहीबार बिहान नै प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । यसैबीच, प्रतिनिधि सभाको बैठक पनि आजै बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद बैठक प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ ।