राजनीति

नेकपा समाजवादीका अध्यक्ष नेपालसँग अस्पतालमा भेटघाट बन्द


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । ज्वरो र खोकीको समस्याका कारण नेपाल अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको गौतमले जानकारी दिनुभयो ।