खेलकुद

६० वर्षपछि बेन्फिकासँग बार्सिलोना पराजित


काठमाडौँ – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० ले पराजित भएको हो ।

बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई र राफा सिल्भाले एक गोल गरे । यससँगै बेन्फिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको छ । जितसँगै बेन्फिकाले २ खेलमा ४ अंक जोडेको छ । बेन्फिका दोस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको बार्सिलोना पुछारमा रहेको छ ।