राजनीति

सञ्चार माध्यमले तिमी भन्दा ओलीको टाउको किन दुख्छ ? (भिडियोसहित)


काठमाडौँ – मुलुकमा लोकतन्त्र स्थापना भएसँगै विगतका अति आदरार्थी शब्द प्रयोगको अभ्यासलाई अन्त्य गर्दै नेपाली सञ्चार माध्यमले समान सम्बोधनको थालनी ग¥यो । धेरै सञ्चार माध्यमले यहि अभ्यासलाई निरन्तरता दिईरहेका छन । तर सञ्चार माध्यमले प्रयोग गर्ने भाषाशैली पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष के.पी शर्मा ओलीलाई भने पटक्कै पचेको छैन ।

सञ्चार माध्यमले प्रयोग गर्ने तिमी शब्दप्रति एमाले अध्यक्ष के.पी शर्मा ओलीको यो अभिव्यतिm नयाँ होइन । सबैलाई समान स म्बोधन गर्ने सञ्चार माध्यमको भाषिक अभ्यासप्रति ओली विगतदेखि नै असन्तुष्ट छन । विभिन्न सार्वजनिक कार्यक्रमहरुमा यसको खुलेरै आलोचना गर्ने गरेका छन । सञ्चार माध्यमले तपाईं भन्ने आदरार्थी शब्द‚ आदरार्थी व्यवहार‚ सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सोझै प्रयास भएको टिप्पणी समेत गर्दै आएका छन ।

अन्य कुनै पनि राजनीतिक दल वा नेताहरुले यस विषयमा वास्ता समेत गरेका छैनन् । ओलीको यो चिन्ता नेपाली भाषाप्रतिकै हो वा आदरार्थी सम्बोधन खोजेका हुन् भन्ने बहस पनि अर्कोतर्फ छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यो अभिव्यतिmप्रति पक्ष र विपक्षमा टिकाटिप्पणी समेत हुँदै आएको छ । सञ्चार माध्यमहरुले सकेसम्म सम्मानजनकसम्बोधन गर्न जोड दिनुपर्ने कतिपयको तर्क छ । तथापी सम्मान जनक सम्बोधनको खोजी गर्ने ओलीले प्रयोग गर्ने शब्दमा पनि ध्यानकर्षण हुनुपर्ने बताउँछन वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल ।

यता भाषाविद्हरु भने तिमी शब्द प्रयोग गर्नु नराम्रो नभएको तर्क गर्छन । तर कस्तो सन्दर्भमा प्रयोग गरेका छन त्यो महत्वपूर्ण हुने बताउँछन । यद्यपि समाजलाई दिशानिर्देश गर्ने सञ्चारमाध्यमले भाषा चयन गर्दा समाजमा प्रयोग हुने भाषालाई नै प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

सरकारले राम्रो काम गरे त्यसको उजागर गर्ने तथा नराम्रो काम गरे खबरदारी गर्ने सञ्चार माध्यमको दायित्व हो । सञ्चार माध्यमहरुले प्रयोग गर्ने शब्दप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टी आफुलाई तपाई भनेर सम्बोधन गर्नु हो या साँचिच्कै नेपाली भाषाप्रति चिन्ता बढेकै हो । यसमा सबैको आ–आफ्नै तर्क छन । निरन्तर विभिन्न रुपमा बहस पनि जारी छ ।