समाचार

जहाज र हेलिकोप्टरको यान्त्रिक अवस्था अध्ययन गर्न समिति गठन


काठमाडौँ – सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ३ महिनामा प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव एवम नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल, मन्त्रालयका हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा प्रमुख समेत रहेका सीएटीसीअ प्रमोद नेपाल सदस्य रहेका छन् । नागरिक उड्ड्ययन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा भने सदस्य सचिव छन् ।