राजनीति

माधव नेपाल ३ दिनदेखि अस्वस्थ


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् ।

अध्यक्ष नेपाल मकवानरको हेटौंडामा पार्टी कार्यक्रममा सहभागी भएर फर्किएपछि बिरामी परेका हुन् ।

नेपालको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ । नेपाल बिरामी भएर आराम गरेर बसेपछि सत्ता गठबन्धनका बैठकहरु प्रभावित भएका छन् ।